भोटेकोशी बाढी प्रभावितका लागि एनआईसी एशिया बैंकको २ करोड २१ लाख सहयोग 


काठमाडौं – एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको लागि सहयोग गरेको छ।

बैंकले बाढी प्रभावितहरूको उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरूबाट जम्मा भएको २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा सहयोग प्रदान गरेको हो।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।

बुधवार भोटेकोशी नदीमा आकस्मिक रूपमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग जिल्ला लगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक एवं मानवीय क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको जनाएको छ।