रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाले ५० लाख डलर सहायता दिने


काठमाडौं – सुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो।

बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ। उनीहरूको खोजी तथा सहयोगका लागि अष्ट्रेलियाले नेपालमा थप कन्सुलर तथा संकट प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ।