काठमाडौं – सानिमा बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक बर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरमार्फत नगद लाभांश वापत ८.२५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाट भएको मितिदेखि असार मसान्त, २०८३ सम्मको लागि समानुपाति रुपमा प्रदान गरिने जनाएको छ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।






About Us
प्रतिक्रिया