रसुवा बाढी प्रभावितका लागि ६ घण्टामै २७ करोड ३३ लाख राहत रकम संकलन


काठमाडौं – रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुन थालेको छ। एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्न थालेका हुन् । 

पछिल्लो ६ घण्टामा विभिन्न १० वटा कम्पनी तथा संस्थाहरूले २७ करोड ३३ लाख रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् । उनीहरूले मन्त्रालयमा नै गएर रकम हस्तान्तरण गरेका हुन् । प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने अर्थ मन्त्रालयले जनाएको छ।

उक्त सहयोग रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै खोज र पुनर्स्थापनाका कार्यमा परिचालन गरिने जनाइएको छ।