लक्ष्मी सनराइज बैंकको बट्टार शाखा र टिमुरे शाखा अनिश्चितकालका लागि बन्द


काठमाडौं – लक्ष्मी सनराइज बैंकको बट्टार शाखा र टिमुरे शाखा अनिश्चित कालका लागि बन्द हुने भएको छ । बुधबारका दिन भोटेकोशी नदीमा आएको बाढीका कारण बैंकको विदुर नगरपालिका नुवाकोटस्थित बट्टार शाखा प्राविधिक तथा असहज परिस्थितिको कारणले सञ्चालन हुन नसकेको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने बैंकले जनाएको हो ।

रसुवा जिल्लास्थित टिमुरे शाखा बाढीका कारण पूर्ण रुपमा क्षति भएकोले उक्त शाखा अनिश्चित अवधिका लागि बन्द रहने व्यहोरा समेत जानकारी बैंकले दिएको छ ।