काठमाडौं – एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनश शेयर वितरण घोषणा गरेको हो।
बैंकको भदौ ११ गते अर्थात् आज बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात आगामी बार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय समेत गरेको छ।






About Us
प्रतिक्रिया