काठमाडौं – नुवाकोट जिल्लामा बाढीका कारण क्षतिग्रस्त विद्युत् लाइनबाट प्रभावित क्षेत्रमा वैकल्पिक माध्यममार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने तयारी गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार क्षतिग्रस्त लाइनलाई वैकल्पिक रूपमा सञ्चालन गर्न बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभी मनमैजु फिडरमार्फत चार्ज गर्ने कार्यका लागि बालाजु सबस्टेशन तर्फ गर्नुपर्ने आवश्यक काम सम्पन्न भएको छ।
लोड व्यवस्थापनका लागि मनमैजु फिडरमा रहेको सम्पूर्ण विद्युत् भार विष्णुमती तथा थापागाउँ फिडरमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ। नुवाकोटतर्फ गर्नुपर्ने आवश्यक प्राविधिक काम सम्पन्न भएपछि बालाजु–त्रिशूली ६६ केभी लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गरिनेछ।






About Us
प्रतिक्रिया