काठमाडौं – ज्योति विकास बैंकले आजका लागि ६ शाखा बन्द गर्ने भएको छ । बुधबारका दिन रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण यस विकास बैंकको त्रिशुली शाखा कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएकोले उक्त शाखाबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ्ग सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द रहने बताएको छ ।
साथै, बाढीका कारण बट्टार, त्रिशूली एक्टेन्सन काउन्टर, देउराली, रातमाटे, सामरी गल्छी शाखा कार्यालयहरु रहेको क्षेत्रमा विद्युत आपूर्ति तथा दूरसञ्चार सेवा प्रभावित भएकाले सो शाखाहरुबाट प्रदान गरिने बैंकिङ्ग सेवा बिहीबार बन्द रहने बताएको हो ।






About Us
प्रतिक्रिया