काठमाडौं – मुक्तिनाथ विकास बैंकमा कार्यरत २ कर्मचारीहरू सम्पर्कविहीन भएका छन्। कर्मचारीहरू गोसाईंकुण्ड तीर्थयात्रा जाने क्रममा हिजो बेत्रावती, नुवाकोटबाट बिहान करिब ९ः१५ बजेपछि सम्पर्कविहीन भएका हुन्।
उनीहरूको अवस्थाको बारेमा कुनै जानकारी पाउनेले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखामा जानकारी उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको छ। नयाँ बानेश्वर शाखाकी बिजेता अवाले र माछापोखरी शाखाकी सुन्दरी श्रेष्ठ सम्पर्कविहीन भएका हुन्।






About Us
प्रतिक्रिया