काठमाडौं – रसुवामा आएको बाढीपछि अझै ८२६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४४ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना तथा रसुवाका १६१ जना रहेका छन्। नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
त्यस्तै, बाढीपछि सम्पर्कविहीन हुनेमध्ये ५७९ जना पर्यटक रहेको प्राधिकरणले जनाएको छ।






About Us
प्रतिक्रिया