रसुवा बाढी: १७७ शव फेला


काठमाडौं – रसुवा बाढीमा हालसम्म १७७ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये सबैभन्दा बढी चितवनमा फेला रहेको छ ।चितवनमा मात्रै ६९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवामा २ जना, नुवाकोटमा १२ जना, धादिङमा २७ जना, चितवनमा ६९ जना, गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ३२ जना र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ।

यस्तै, विपद्का क्रममा २८ जना प्रहरी र १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।