एनएमबि बैंकको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन


काठमाडौं – रसुवा जिल्लाको टिमुरे आसपासका क्षेत्रमा आएको विशाल बाढीका कारण एनएमबि बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

बैंकका अनुसार टिमुरे शाखामा कार्यरत धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित हालसम्म परिवार तथा बैंकको सम्पर्कमा आउन सकेका छैनन्।

बाढीका कारण टिमुरे तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला बैंकले सम्पर्कविहीन कर्मचारीको खोजी तथा अवस्थाबारे जानकारी सङ्कलनका लागि सहयोगको अपिल गरेको छ।

बैंकले ती कर्मचारीमध्ये कसैलाई देखेमा, भेटमा वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेकाे भए यथाशीघ्र बैंकमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ।