रसुवा बाढी: एनआईसी एशिया बैंकका ३ शाखामा क्षति, सबै कर्मचारी सुरक्षित


काठमाडौं – रसुवामा बाढी प्रभावित क्षेत्रमा कार्यरत एनआईसी एशिया बैंकका सबै कर्मचारी सुरक्षित रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले जानकारी दिए।

रसुवाको बाढी प्रभावित क्षेत्रमा एनआईसी एशिया बैंकका तीन वटा शाखा रहेका छन्। ती शाखामा कार्यरत १० जना कर्मचारी नै सुरक्षित रहेको बैंकका सीईओ शाक्यले बताए। 

उनका अनुसार बाढी आएपछि पनि सबै कर्मचारीसँग निरन्तर सम्पर्क भइरहेको थियो। कर्मचारीहरू सुरक्षित स्थानमा रहेको उनले बताए। शाक्यले भने, ‘उहाँहरू सबै जना सुरक्षित स्थानमा हुनुहुन्छ।’

रसुवाका तीन शाखामध्ये बेत्रावतीमा तीन जना, त्रिशूलीमा चार जना र स्याफ्रुबेंसीमा तीन जना कर्मचारी कार्यरत थिए। तीनै शाखाका सबै कर्मचारी सुरक्षित रहेको उनले बताए।