काठमाडौं – रसुवामा आएको बाढीका कारण ग्लोबल आइएमई बैंकका एक कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। बैंकको रसुवास्थित शाखामा कार्यरत ६ जना कर्मचारीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने एक जना कर्मचारी अझै सम्पर्कविहीन रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेलले जानकारी दिए।
बाढीका कारण रसुवा क्षेत्रमा वाणिज्य बैंकका नौवटा शाखा प्रभावित भएका छन्। प्रभावित बैंकका शाखामा कार्यरत कर्मचारीमध्ये अझै २४ जना सम्पर्कविहीन रहेको बताइएको छ।






About Us
प्रतिक्रिया