काठमाडौं – ज्वालामुखी गाउँपालिकाका कर्मचारीले बाढी पीडितहरूलाई सहयोग गर्ने भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिकाका कर्मचारीले ७ दिनको तलब सहयोग गर्ने भएको पालिकाले जनाएको छ ।
‘भोटेकोसी तथा त्रिशूलीमा हिजो आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको राहत तथा सहयोगका लागि ज्वालामुखी गाउँपालिकामा कार्यरत कर्मचारीहरूको तर्फबाट ७ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरिएको छ’ पालिकाले भनेको छ ।






About Us
प्रतिक्रिया