काठमाडौं – भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण दुई जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत आयोजनामा ८ जना कोरियन नागरिक र १० जना नेपाली कर्मचारी सम्पर्कविहीन भएका छन्।
आयोजनामा कार्यरत करिब २०० जना कामदार र १० जना कोरियन नागरिक विद्युत् गृह नजिकै उद्धारको पर्खाइमा रहेको इप्पानले जनाएको छ। त्यस्तै, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा पनि २५ जना कर्मचारी र ३५ जना कामदार सम्पर्कविहीन भएका छन्।






About Us
प्रतिक्रिया