काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन्। मोदीले बुधवार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग टेलिफोनमा कुराकानी भएको जानकारी दिएका हुन्।
उनले बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा भारत नेपालसँगै रहेको बताएका छन्। मोदीले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भारत नेपाललाई सम्भव भए सम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्। साथै, भारतीय टोलीहरूले नेपालमा जारी उद्धार तथा राहत कार्यमा सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेको जानकारी दिएका छन्।






About Us
प्रतिक्रिया