रसुवा बाढी अपडेटः हालसम्म १८ जनाको मृत्यु


काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो ३ः४५ बजेसम्म १८ जनाको मृत्यु भएको छ। बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवामा एक जना पुरुषको मृत्यु भएको छ। यस्तै, नुवाकोटमा तीन जना महिला र चार जना पुरुष गरी सात जनाको शव फेला परेको छ।

धादिङमा तीन जना महिला, दुई जना पुरुष र एक जना पहिचान नखुलेका गरी छ जनाको शव फेला परेको छ। गोरखामा दुई जना पुरुष र दुई जना पहिचान नखुलेका गरी चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ।