काठमाडौं – तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा पुगेको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ।
बाढीको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशुली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासंघ आग्रह गरेको छ। सरकारी निकायबाट पृथ्वी राजमार्गसहित त्यस करिडोरका सडकहरूमा आवागमन रोक्न आग्रह गरिएको अवस्थामा महासंघ तटीय तथा प्रभावित क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायी, सर्वसाधारण तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
विपद्बाट भएको क्षतिको आधिकारिक विवरणहरु आउन बाँकी रहे पनि प्रारम्भिक रिर्पोटहरुमा धेरै ठूलो क्षतिको अनुमान गर्न सकिन्छ। महासंघले महासंघ यस विपद्मा क्षति ब्यहोर्न पुगेका सर्वसाधारण, स्वदेशी तथा विदेशी तीर्थयात्री, जनसमुदाय, उद्योगी व्यवसायीहरु सबैको साथ रहँदै विपदको व्यवस्थापनमा सबैले यथाशिघ्र संलग्न हुन अनुरोध रेको छ।
विनाशकारी विपद्बाट सर्वसाधारणका घर, उद्योगी व्यवसायीहरुको पसल, निजी तथा सार्वजनिक सवारी साधन,मालवाहक सवारी साधन तथा भन्सार यार्डमा रहेका सावरी साधन पुल, जलविद्युतगुहरुका लगायतका भौतिक संरचनामा धेरै ठूलो क्षति पुगेकोमा चिन्ता व्यक्त गर्दै भविष्यमा गर्नु पर्ने पुनःस्थापनाको कार्यमा पनि महासंघ सदैव साथमा रहेको जानकारी गराएको छ।
विपद्को यस कठिन घडीमा नेपाल उद्योग वाणिज्य महासंघ मातहतका सम्पूर्ण जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू तथा सम्पूर्ण उद्योगी-व्यवसायी महानुभावहरूलाई स्थानीय प्रशासन, सुरक्षा निकायहरुसंग आवश्यक समन्वय गरी तत्काल प्राथमिकताका साथ उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा संलग्न हुन हार्दिक अपिल गरेको छ।






About Us
प्रतिक्रिया