मन्त्रिपरिषद् बैठक : रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा


काठमाडौं – सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो।

मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोख्रेलले जनाकारी दिए ।