काठमाडौं – रसुवामा बाढीमा परी बेपत्ता भएकामध्ये आठ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङबाट चार–चार जनाको शव फेला परेको हो। बाढीबाट प्रभावित क्षेत्रमा ठूलो क्षति भएको उनले बताए। रेग्मीका अनुसार बाढीले बगेको क्षेत्रका संरचना तथा भौतिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ।
बाढी तथा पहिरोमा फसेका करिब १३–१४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई धुन्चे ल्याइएको छ। उनीहरूमध्ये तीन जना गम्भीर अवस्थामा रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
बाढीका कारण रसुवाका विभिन्न प्रहरी चौकीसमेत ध्वस्त भएका छन्। स्याफ्रुबेँसी, कोदारी, रसुवागढी र टिमुरे क्षेत्रका प्रहरी चौकीमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये केही स्थानमा प्रहरी टोलीसमेत पुग्न सक्ने अवस्था नरहेको जनाइएको छ। प्रहरीका अनुसार बाढीले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।






About Us
प्रतिक्रिया