रसुवा – रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ। रसुवा भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन्।
बाँकी ११ जना स्थायी कर्मचारीको अवस्था भने अझै अज्ञात रहेको छ। त्यस्तै, कार्यालयमा करार तथा ज्यालादारीतर्फ ४ जना कर्मचारी कार्यरत रहेकोमा १ जना सम्पर्कमा आएका छन्। बाँकी ३ जना करार तथा ज्यालादारी कर्मचारीको पनि खोजी भइरहेको छ।
बाढीपछि सम्पर्कविहीन रहेका कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ। हालसम्म सम्पर्कमा नआएका ११ स्थायी र ३ करार तथा ज्यालादारी गरी १४ जना कर्मचारीको अवस्था पत्ता लगाउन खोजी कार्यलाई तीव्रता दिइएको छ। घटनास्थलको अवस्थाका कारण उद्धार तथा खोजी कार्यमा चुनौती रहे पनि सुरक्षाकर्मी तथा सम्बन्धित निकायको समन्वयमा प्रयास जारी रहेको जनाइएको छ।






About Us
प्रतिक्रिया