साउनमा नेप्सेमा थपियो ५४ करोड कित्ता शेयर, एलएस होराइजनकै १५ करोड कित्ता


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५४ करोड बढी कित्ता शेयर थपिएको छ। एक महिनाको अवधि साउनमा मात्रै विभिन्न क्षेत्र अन्तर्गतका ७ वटा कम्पनीका प्राथमिक निष्कासन (आईपीओ) र बोनस शेयर गरी ५४ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेको तथ्यांक अनुसार साउन महिनाभर ६ वटा कम्पनीको आईपीओ र १ कम्पनीको बोनस शेयर गरी जम्मा ७ कम्पनीका शेयरहरू नेप्सेमा थपिएका छन्। साउन महिनामा सूचीकृत भएका कम्पनीमध्ये आईपीओतर्फका ६ वटा कम्पनीको मात्रै साढे ५३ करोड शेयर नेप्सेमा थपिएका छन् ।

नेप्सेमा आईपीओ सूचीकृत गराउने कम्पनीहरूमा सबैभन्दा ठुलो हिस्सा म्यूचुअल फन्ड ‘एलएस होराइजन १२’ को रहेको छ। गत साउन २० गते यस कम्पनीको मात्रै १५ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। त्यस्तै, नेप्सेको तथ्यांक अनुसार साउन महिनामा १ कम्पनीको मात्रै नेप्सेमा बोनस शेयर सूचिकृत भएको छ।

नेप्सेमा गत साउन १९ गते नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै शेयर सूचिकृत भएको हो । यस कम्पनीको ४५ लाख १४ हजार ३८१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो।