अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने सुवास आले मगर पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–३ बस्ने २९ वर्षीय सुवास आले मगरलाई प्रहरीले पक्राउ गरेको छ। 

सुबासले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका– ४ बाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।