सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

'२ दिनमा ६ सय रूपैयाँले घट्याे सुनकाे मूल्य'


काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला चार हजार नौ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो।