काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘नलेज पार्टनर’ मा काठमाडौं फिनटेक आबद्ध भएको छ । आगामी भदौ २१ हुने नेपाल क्यापिटल मार्केट डिस्कोशको नलेज पार्टनरमा काठमाडौं फिनटेक आबद्ध भएको हो ।
कम्पनीले डिजिटल बैंकिङ्ग तथा फिनटेक सम्बन्धी तालिम सञ्चालन र बैंकिङ्ग नेतृत्व तथा क्षमता विकास कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। काठमाडौं फिनटेकले वित्तीय संस्थाहरू, फिनटेक कम्पनीहरू तथा वित्तीय क्षेत्रका सरोकारवालालाई ज्ञान, सहकार्य र नवप्रवर्तनमार्फत डिजिटल युगमा सफलतापूर्वक अघि बढ्न सहयोग गर्दै आइरहेको छ।
नेपालको पुँजी बजारबारे बृहत् छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।
क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।
डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।






About Us
प्रतिक्रिया