मोहम्मद जयन्तीको अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा


काठमाडौं – सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै मोहम्मद जयन्तीका दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा रहने जानकारी दिएको हो।

मन्त्रालयका अनुसार वि.सं. २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।

मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सोही व्यवस्थाअनुसार बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुगोस् भन्ने कामना गरेको छ।