काठमाडौं – एसियन भिलेज रिसोर्ट प्रकरणमा पाटन उच्च अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनीहरूलाई तोकिएको रकम नगद धरौटी वा बैंक जमानतमा तारेखमा छाड्न आदेश दिएको हो।
अदालतले शशिधर शर्मा, प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मि पन्त, बुटवल शाखामा कार्यरत राजेन्द्र श्रेष्ठ, शाखा प्रबन्धकद्वय सन्तोष ज्ञवाली र शिशिर पौडेल तथा बैंकका म्यानेजर नन्दराज जोशीलाई नगद धरौट वा बैंक जमानत लिने गरी देहाय बमोजिमको आदेश जारी गरेको छ।
अदालतको आदेशअनुसार ऋणी कम्पनीका सञ्चालक तथा सह–साझेदार शशिधर शर्मालाई २ करोड रुपैयाँ र शिशिर पौड्याललाई १ करोड रुपैयाँ धरौटी तोकिएको छ। त्यस्तै, प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मि पन्तलाई ५० लाख रुपैयाँ, बैंकका म्यानेजर नन्दराज जोशीलाई १५ लाख रुपैयाँ, शाखा प्रबन्धक सन्तोष ज्ञवालीलाई १५ लाख रुपैयाँ र बैंकमा कार्यरत राजेन्द्र श्रेष्ठलाई पनि १५ लाख रुपैयाँ धरौटी तोकिएको छ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम तोकिएको रकम नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी बुझाएमा उनीहरूलाई तारेखमा राख्न आदेश दिएको हो।






About Us
प्रतिक्रिया