काठमाडौं – खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी तथा डायमण्डका गहनामा विभिन्न छुट तथा उपहारसहितको विशेष अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत तोकिएका डायमण्ड गहनामा ५५ प्रतिशतसम्म छुट दिइने ज्वेलरीले जनाएको छ।
डायमण्ड गहनाको मूल्य ४ हजार ९९९ रुपैयाँदेखि सुरु हुने बताइएको छ। रिङ, इयररिङ, मंगलसूत्र, पेन्डेन्ट, ब्रेसलेट, नेकलेस तथा नोजपिनलगायतका गहना अफरमा समावेश छन्।
४० हजार रुपैयाँभन्दा बढीका तोकिएका डायमण्ड गहना खरिदमा स्क्र्याच कुपन पाइनेछ। कुपनमार्फत अधिकतम २ लाख रुपैयाँसम्म क्यासब्याक, निःशुल्क नेचुरल डायमण्ड नेकलेस सेट वा १ किलो चाँदीको बार जित्ने अवसर रहेको ज्वेलरीले जनाएको छ।
सुनका गहनामा मेकिङ चार्ज ५.९९ प्रतिशतदेखि सुरु हुने बताइएको छ। १५ तोलाको ब्राइडल ज्वेलरी सेट खरिदमा डायमण्ड रिङ निःशुल्क तथा तोकिएका २२ क्यारेट पोला रिङमा ज्याला र जर्ती शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
चाँदीका गहनामा समेत विभिन्न छुट छन्। सीमित रेडिमेड चाँदीका गहनामा ज्याला र जर्ती निःशुल्क तथा सिल्भर रोडियम गहनामा ५० प्रतिशतसम्म छुट दिइएको छ। चाँदीका गहना ६९९ रुपैयाँदेखि उपलब्ध हुने ज्वेलरीले जनाएको छ।
त्यस्तै, ७ लाख रुपैयाँको सिल्भर तथा डायमण्ड खरिदमा ५ ग्रामको चाँदीको सिक्का निःशुल्क दिइनेछ। १ लाख ५० हजार रुपैयाँको सिल्भर वा डायमण्ड गहना खरिदमा रोमान्टिक डिनर भाउचर उपलब्ध हुने र ईएमआई सुविधा पनि रहेको कम्पनीले जनाएको छ। अफर सीमित अवधिका लागि मात्र लागू हुने र स्टक सीमित रहेको ज्वेलरीले जनाएको छ।






About Us
प्रतिक्रिया