दैलेखबाट ४ थान भरुवा बन्दुक बरामद 


काठमाडौं – दैलेखको दुल्लु नगरपालिका–९ बाट प्रहरीले ४ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले सोही नगरपालिका– ९ स्थित सागिना, चुल्लेसीधार र काफलकोट सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो।

यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।