काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–६ डाँफे कोलनी डेरा गरी बस्ने धनुषा घर भएकी ३० वर्षीया सरिता रायको धनमाल चोरी भएको छ। रायको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब १० लाख ८ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया