सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, असोज १ गते वार्षिक साधारण सभा


काठमाडौं – सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।कम्पनीको भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते होटल इम्पेरियलमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ २३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।