काठमाडौं – राष्ट्रिय बीमा कम्पनीले आगामी असोज २ गते ४ औं वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा अनमोल क्याटरिङ्ग सर्भिस प्रालि काठमाडौंमा बोलाएको हो। सो सभा विहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ।
महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/८०,२०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक समर्थन गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ। साधारण सभा प्रयोजनको लागि भदौं १८ गते राष्ट्रिय बीमा कम्पनीको शेयर दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ। जसअर्थ भदौं १७ गतेसम्म धितोपत्र विनियम बजारमा भएको शेयरकारोवारको दाखिला खारेजको लागि ७ कार्य दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कार्यालय लाजिम्पाटस्थित कार्यालयमा प्राप्त शेयर नामसारीका आधारमा शेयरधनी किताबमा कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन पाउनेछन्।






About Us
प्रतिक्रिया