राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा सुवास कोइराला नियुक्त


काठमाडौं – राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सुवास कोइराला नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले कोइरालालाई निमित्त सीईओकाे जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

उनी कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतकाे रूपमा कार्यरत रहेका थिए। यसअघि कम्पनीको गत साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ शिवहरि श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेसँगै निमित्त सीईओमा कोइरालाई नियुक्त गरेको हो।