नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘नलेज पार्टनर’ मा मर्चेन्ट बैंकर्स एसोसिएसन


काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को ‘नलेज पार्टनर’मा मर्चेन्ट बैंकर्स एसोसिएसन आबद्ध भएको छ । आगामी भदौ २१ गते हुने पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘नलेज पार्टनर’ मा मर्चेन्ट बैंकर्स एसोसिएसन आबद्ध भएको हो । 

मर्चेन्ट बैंकर एसोसिएसनले नेपाल क्यापिटल मार्केट डिस्कोर्शको नलेज पार्टनरको रूपमा सहभागी हुँदा खुसी व्यक्त गरेको छ । मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष रामेन्द्र रायमाझीले आफ्ना सदस्यहरूलाई सर्कुलेट समेत गरिसकेको जानकारी दिएका छन् । 

नेपालको पुँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । नेपालको पुँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुन लागेको हो ।

क्यापिटल मार्केट डिस्कोर्श यही वर्ष २०८३ साल भदौ २१ गते काठमाडौंको मेरियट होटलमा हुनेछ। जसमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल हुनेछन्। यस्तै, डिस्कोर्शमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टसँग विशेष डुओलग समेत हुनेछ। सत्रगत छलफलमा नियमन र नीति निर्माण, लगानीकर्तामा शेयर शिक्षा र शेयर बजारमा प्रविधि र इनोभेसनसँग सम्बन्धित हुनेछन्।

डिस्कोर्शमा अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सीडीएससी एन्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, वाणिज्य तथा विकास बैंक, क्रेडिट रेटिङ र सूचीकृत कम्पनीहरुको सहभागिता रहनेछ। यस्तै, प्रतिनिधि सभाका सदस्यहरू, सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) र बम्बई स्टक एक्सचेन्ज (बीएसई) लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।