रश्मी पन्तको बयान, ‘४८ करोड कर्जा स्वीकृत पदीय जिम्मेवारीअनुसार अघि बढाए’


काठमाडौं – एसियन भिलेज रिसोर्ट प्रकरणमा प्रभु बैंककी तत्कालीन चिफ विजनेस अफिसर रश्मी पन्तले कर्जा टिप्पणी स्वीकृतिको लागि सिफारिस आफुले गरेको बताएकी छिन् । उनले बयानमा क्रममा एसियन भिलेज रिसोर्टलाई प्रवाह गरिएको ४८ करोड रुपैयाँको आवधिक कर्जा बैंकको प्रचलित नीति र आफ्नो पदीय जिम्मेवारीअनुसार स्वीकृत प्रक्रियामार्फत अघि बढाइएको बताएकी हुन्। 

उनले उक्त कर्जा मणिग्राम शाखाबाट प्रस्ताव भएको थियो। शाखाका रिलेसनसिप म्यानेजर राजेन्द्र श्रेष्ठले कर्जा उठान गरेपछि शाखा प्रबन्धक सन्तोष ज्ञवालीले सिफारिस गरेका बताएकी छिन् । त्यसपछि प्रधान कार्यालयका जोखिम विश्लेषण, क्रेडिट म्यानेजर, प्रदेश प्रमुख र चिफ क्रेडिट अफिसर हुँदै फाइल सीबीओ समक्ष पुगेको र आफूले समेत समर्थन गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतसमक्ष पठाएको उनको भनाइ छ। अन्ततः सीईओबाट कर्जा स्वीकृत भएको उनले बताएकी छन्।

उनले बयानका क्रममा भनेकी छिन्, ‘ मणिग्राम शाखाका रिलेसनसिप म्यानेजर राजेन्द्र श्रेष्ठले मिति सन् १२’०२र२०२५ को इमेल मार्फत प्रस्ताव गरी म प्रमुख व्यवसाय अधिकृतले तथा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतले स्वीकृत गरी यस अघि स्वीकृत कर्जा टिप्पणीमा कर्जा टिप्पणीमा एसियन भिलेज रिसोर्ट खरिद गरेपश्चात् उक्त नाममा कायम हुन आउने जग्गाहरू बैङ्कको नाममा दृष्टि बन्धक भएपश्चात् मात्र स्वीकृत आवधिक कर्जा निकासा र प्रवाह गर्ने उल्लेख भए तापनि हालका लागि कर्जा टिप्पणीमा उल्लिखित जग्गाहरू बैङ्कको नाममा दृष्टि बन्धक हुनु अगावै धितोको रूपमा कायम रहने जग्गाको ५० प्रतिशत रकम मात्र प्रि भुक्तानी  गरिदिने भनी भएको निर्णय सम्बन्धमा एसियन भिलेज रिसोर्टको लागि जग्गा खरिद गर्न भनी कर्जा स्वीकृत भइसकेको, ऋणीले जग्गा खरिद गर्नको लागि अग्रिम भुक्तानी दिनु पर्ने भनी अनुरोध गरी सम्बन्धित शाखाबाट सोही अनुसार अनुरोध भएकाले ऋणीले उक्त रकमबाट जग्गा खरिद गरी बैङ्कको नाममा दृष्टि बन्धक गरिदिने भनेको हुँदा सोही अनुसार नै उक्त इमेललाई सपोर्ट गरी प्रमुख कार्यकारी अधिकृत समक्ष पेस गरेको हुँ । ’ 

उनका अनुसार ४८ करोड रुपैयाँको कर्जा मायादेवी गाउँपालिका–४, रुपन्देहीमा रिसोर्ट निर्माणका लागि आवश्यक जग्गा खरिद गर्ने प्रयोजनमा स्वीकृत भएको थियो। साथै, पन्तले एसियन भिलेज रिसोर्टका तत्कालीन अध्यक्ष शिशिर पौड्याल तथा हालका अध्यक्ष शशिधर शर्मासँग आफ्नो व्यक्तिगत चिनजान वा आर्थिक लेनदेन नरहेको समेत बताएकी छिन् ।  उनले शर्मालाई कर्जाको सिलसिलामा बैंकको प्रधान कार्यालय आउँदा चिनेको र उनीहरूसँग आफ्नो कुनै साझेदारी वा सामूहिक लगानी नरहेको स्पष्ट पारेकी छन् ।

यस्तो छ पन्तको पूर्ण बयान