काठमाडौं – आज साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.१३ अंकले घटेर बजार २५ सय ९९ दशमलव ५८ को बिन्दुमा झरेको छ। त्यससँगै कारोबार रकम घटेर ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३५० कम्पनी कारोबारमा आउँदा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सोलु हाइड्रोपावरको ११ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, धौलागिरि लघुवित्तको ११.९८ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीको लगानीकर्ताले ९.८३ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, विन लघुवित्तका लगानीकर्ताले ८.६७ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया