काठमाडौं – भन्सार छली गरी ल्याएको सुर्ती जन्य पदार्थसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका–७ घर भई काठमाडौं कपन बस्ने चन्दन जैसवाल रहेका छन्।
दक्षिणकाली नगरपालिका ५ फर्पिङ चेकपोस्टमा रौतहटबाट काठमाडौं आउँदै गरेको गाडीलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिलबिनाको सुर्ती जन्य पदार्थसहित उनलाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले रजनीगंधा पान मसला अन्दाजी ४,४८० प्याकेट ९अन्दाजी मूल्य ३४ लाख २२ हजार ० बरामद गरेको छ। जैसवाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया