काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ भने चाँदी सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ। यससँगै आज सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ४ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो।
गत बिहीबार सुनको मूल्य तोलामा ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँ बढेको थियो। आजसहित चार कारोबार दिनमा सुनको मूल्य तोलामा १८ हजार ६ सय रुपैयाँले बढेकाे छ।
गत माघ १५ गते सुनको मूल्य तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।






About Us
प्रतिक्रिया