कृषि विकास बैंकको सञ्चालक सदस्यमा रमाकान्त रिमाल नियुक्त


काठमाडौं – कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा रमाकान्त रिमाल नियुक्त भएका छन्। बैंकको गत साउन २९ गतेको नेपाल सरकार (अर्थ मन्त्रीस्तरीय) को निर्णयअनसार रिमाललाई सञ्चालक पदमा मनोनयन गरेको हो।

नवनियुक्त सञ्चालक सदस्य रिमालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।रिमालले बैंकको भदौं ४ गते बसेको सञ्चालक समितिको बैठकमा सञ्चालक समितिको सदस्यको रुपमा शपथ ग्रहण गरेका हुन्।