सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम २ र ३ को भदौ १५ गते इकाईधनी दर्ता किताब बन्द


काठमाडौं – सिद्धार्थ क्यापिटलले आफ्नो व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम –२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– ३ को प्रतिफल वितरण गर्ने निर्णय भए अनुसार इकाईधनी दर्ता किताब बन्द गर्न लागेको छ।

कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार भदौं १५ गते इकाईधनी दर्ता किताब बन्द गर्न लागेको हो। कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि का लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– २ का इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।