काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७३ हजार ९ सय १५ रुपैयाँ कायम छ। चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ।






About Us
प्रतिक्रिया