काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आजदेखि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी साढे लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६२ हजार ५२४ कित्ता शेयर बिक्रीमा राखेको हो।
यसअघि बैंकले उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएकोमा ३५ दिनसम्म शेयरधनीबाट कुनै आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार कार्यालयमा आईपुग्नेगरी आवेदन दिनुपर्नेछ।






About Us
प्रतिक्रिया