काठमाडौं – चोरी मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रे बस्ने ३२ वर्षीय सन्तोष परियार रहेका छन्।
जिल्ला अदालत स्याङ्जाको २०८२ भदौ ३१ गतेको फैसला र उच्च अदालत पोखरा कास्कीको २०८३ जेठ १ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले कास्की पोखराबाट पक्राउ गरेको हो।
उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया