काठमाडौं – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र रूपन्देहीबाट गरी १५ जनालाई पक्राउ गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४,कलंकी बस्ने ३२ वर्षीय विजय खत्रीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद २ लाख ३४ हजार ५ सय रुपैयाँ र १७ थान ओखर बरामद गरेको जनाएको छ।
त्यस्तै, रूपन्देहीको बुटवल उपमहानगरपालिका–३, गोलपार्कबाट जुवातास खेलिरहेको अवस्थामा देवदह नगरपालिका–५ बस्ने ३४ वर्षीय आकाश गुरुङसहित ९ जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ३२ हजार ६ सय ८५ रुपैयाँ र ८ बुक तास बरामद गरेको छ।
दुवै घटनामा पक्राउ परेकामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।






About Us
प्रतिक्रिया