काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ ६ (भोलि) गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लाको भ्रमणमा रहने छिन्।
भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष सुन्ने, सहकारीका समस्या सुन्ने तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा सरकारले गरिरहेका काम, हालसम्म भएका प्रगति तथा आगामी दिनमा अघि बढाइने कार्यक्रम र तयारीबारे समेत स्थानीय नागरिक तथा सरोकारवालालाई जानकारी दिने मन्त्री रावलले बताएकी छिन्। मन्त्री रावलले स्थानीयस्तरमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले भ्रमण गर्न लागेको बताइन्।






About Us
प्रतिक्रिया