काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ९ हजार ३ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा ३ हजार ३ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३० रूपैयाँ बढेको हो।






About Us
प्रतिक्रिया