नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा भएका छन्। स्मार्ट टेलिकमको धितो लिलामसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

हिजो भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा पाण्डेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो।