काठमाडौं – नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो।
कार्कीले यसअघि नागरिक लगानी कोषमा कार्यकारी निर्देशकको भूमिकामा काम गरिसकेका छन्। तर, यस पटक पनि उनी खुल्ला प्रतिस्पर्धाबाट नै कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन्।
कार्की नेपाल राष्ट्र बैंकमा ३० वर्ष कार्य गरी कार्यकारी निर्देशकको रुपमा सेवा निवृत्त भएका थिए । कार्कीले ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ४ वर्ष कार्य गरेका थिए । कार्कीले त्रिभुवन विश्वविद्यालय नेपाल र अष्ट्रलियाको ग्रिफिट युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् ।
केन्द्रीय बैंकिङ्ग, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषण लगायतका विषयहरूमा अन्तर्राष्ट्रिय तालिमहरू हाँसिल गरेका छन् । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्ट लिस्टमा परेको थियो ।






About Us
प्रतिक्रिया