माण्डु हाइड्रोपावरको शेयर मूल्य नेप्सेमा समायोजन


काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडको आज १० प्रतिशत बोनश शेयर समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहिबार यस कम्पनीको उक्त शेयर मूल्य समायोजन गरेको हो।

समायोजनपछि कम्पनीको शेयरमूल्य ७६३.६४ रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन गरेको हो। यस कम्पनीको आज अर्थात् बिहिबार ८४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।